९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच रहेको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्। काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी